How to be successful in life 2019-20- Article/Read To Gain More

How to be successful in life 2019-20

परिश्रम गर्न सिकै

मानव जीवनमा परिश्रमले महत्तवपूर्ण भूमिका खेलेको हुन्छ । प्रत्येक व्यक्तिको सफलता, असफलता वा उपलब्धि उसको परिश्रममा नै निर्भर रहन्छ । जो व्यक्ति परिश्रमी र मेहनती हुन्छ उसले जीवनमासुख र सम्पन्ता प्राप्त गर्दछ । परिश्रमपूर्वक काम गर्ने व्यक्तिले हरेक काम समय मै सम्पन्न गर्न सक्छ । उसको कार्यमा गुणस्तर हुन्छ ।

कुनै पनि कार्यको सफलताको पछाडि मेहनत लुकेको हुन्छ । कहिले काँही मेहनत नगरि पनि सफल भइन्छ भन्ने लाग्न सक्छ तर त्यो संयोगमात्र हो ।जसरी विद्यार्थी परिक्षमा विना तयारी वा मेहनत गरी नपढे उत्तीर्ण हुन सक्दैन । हुन सक्छ विना तयारी वा मेहनत नगरि उत्तीर्ण गरेको भए पनि त्यो कसरी ? चिटिङ्ग गरेर...? चिटिङ्ग गर्दा पनि त उसको लागि मेहनत लागेको हुन्छ । चिट लेख्नु पर्यो, परिक्षा हलभित्र पुर्याउनु पर्यो, अनि गररुको आँखा छलेर त्यसलाई उत्तरपुस्तिकामा उतार्नु पर्यो । यसमा पनि धेरै मेहनत अवश्य लुकेको हुन्छ । विश्वविख्यात वैज्ञानिक, दार्शनिक, डाक्टर, पाइलट, शिक्षक, साहित्यकार, राजनितिज्ञ, उद्योगपति, आदि सबैको सफलताको रहस्य परिश्रम नै हो । कुनै पनि कुशल खेलाडी बन्नको लागि उसले खेल मैदानमा लामो समयसम्म अभ्यास गरेको हुन्छ । राम्रो गीत गाउन वा संगीत भर्नको लागि पनि निरन्तर संगीत साधनमा लाग्नु पर्दछ । त्यस्तै विद्यार्थीहरुलाई नयाँ ज्ञान र शिक्षा पदनको लागि कुशल शिक्षकले निरन्तर 
अध्ययन तथा अनुसन्धान गरिरहनु पर्दछ ।

एक जान विद्धान लुसिल बलले भनेको छन् “भाग्य भनेको के हो ? मलाई भाग्यको बारेमा केही थाहा छैन । मैले कहिले पनि यसको आशा गर्दिन । मलाई यस्तो आश गर्ने मान्छेदेखि डर लाग्छ । भाग्य मेरा लागि कडा मेहनत र मौका चिन्नु हो ।”

यहाँ नेर मलाई एउटा प्रसंग जोडन मन लाग्यो कक्षा १२ मा पढ्ने सन्तरामको छोरा सुरजले पितासँग विद्यालय नजाने र नपढने अनुरोध गर्यो । तब सन्तरामले अचम्म मान्दै यसको कारण सोधे जवाफमा छोरो सुरजले भन्यो “बुवा पढाईमा मेरो ध्यान जादैन । पढाइबाट मलाई कुनै फाइदा होला जस्तो लाग्दैन ।”

सन्तरामले स्तब्ध हुँदै सोधे “के तिमीलाई पढन अल्छि लागेको हो ?” सुरजले भन्यो बुवा मेरो साथी करणलाई जति कुरा आउँछ, त्यति त मलाई पनि आउँछ । उसले त स्कूल छोडेको पनि ३ महिना भईसको र अब आउँदैन पनि किनभने उसको बुवासँग प्रसस्त धन छ । बुवा सन्तरामले जवाफमा भने त्यसो हो त्यसो हो भने ठीक छ अब स्कूल जान जरुरी छैन ।
बुवाको कुर। सुनेर सुरजले बुवालाई धन्यवाद दिए । बुवाले फेरि भने “पढाइमा मन छैन र स्कूल जाँदैनौ भने तिमी अरु कुनै काममा जानु पर्दछ, त्यसै घरमा बस्न पाउँदैनौ ।” 

एक दिन सन्तराम छोराको साथमा कामको शिलशिलामा कारागार निरीक्षण गर्न भए जहाँ उनका साथी वीरे कारागारभित्र बन्दी जीवन बिताइ रहेका थिए । केही बेरको कुराकानी पछि सन्तरामले कारागारमा रहेको साथीलाई सुरज आफ्नो छोरो भनी चिनाए । त्यस पछि दुबैले आफूहरु सूरजकै उमेर हुँदाको अर्थात स्कूले जीवनका दिनहरु सम्झँदै भने –“सँतराम मलाई मेरो अल्छीपनले आज निकै ठूलो समस्याको खाडलमा जाक्यो । फेरि त्यति बेला मलाई यस्तो लाग्थ्यो धनी बावुको छोराले पढ्नु आवश्यक छैन ।”

यस्तो अल्छीपन र कुविचारका कारण मैले पढिन बुवाको मृत्यु पछि अपार सम्पत्ति मेरो हातमा आयो । धन सम्पत्तिको मुल्य मैले बुझिन मेरो कमाइ भन्नु एक पैसा पनि थिएन, मोज मस्तिमा रमाए, पैसा उडाउँदै गए । सबै सम्पत्ति सकिएछ मलाई थाहा नै भएन, जागिर पाउने आधार पनि थिएन किनकी मैले पढेको पनि थिइन तसर्थ विना मेहनत धेरै पैसा एकै पटक धेरै कमाउन खोज्दा आज कारागारको जिन्दगी विताउनु पर्यो ।यसत कुरा भएपछि सन्तराम र उसको छोरा घरतर्फ फर्के । फर्कदै गर्दा सन्तरामले छोरासँग भन्यो–“पढाईप्रतिको बेवास्ता र अर्काको धनले मानिसलाई कहाँ पुर्याउँदो रहेछ, तिमीले पनि सुनि सक्यौ हैन ?” त्यसैले म तिमीलाई आलस्य र मेरो कमाइमा जीवन बिताउन दिन्न तर म तिमीलाई परिश्रमी, बुद्धिमानी र महान बन्न सक्ने वातावरण अवश्य दिन्छु ।

यति कुरा सुनि सक्दा सुरजको आँखा खुल्यो र उसले आफ्नो निर्णय बुबालाई सुनायो कि ऊ भोलिदेखि विद्यालय जानेछ । सफल जीन्दगीका लागी कडा मेहनत गर्न पछि पर्ने छैन ।

सफलता तपाई संयोगबाट प्राप्त गर्न सक्नु हुन्न । यसका लागि धेरै गृहकार्य र असल चरित्रको आवश्यक पर्दछ । यसमा दुईमत छैन, विश्वका हरेक आविष्कार, उपलब्धि, सुन्दर तथा बहुमुल्य बस्तुको निर्माण मानिसका परिश्रम कै उपज हुन् । सबै मानिसहरु विजय हुन चाहन्छन् तर धेरै मानिसहरु जितका लागि आवश्यक पर्ने पर्याप्त गृहकार्य वा कोसिस गर्ने प्रयास गर्देनन् । सफलता वा जितका लागि आत्म अनुसन्धान र समर्पण आवश्यक पर्दछ । सफलता प्राप्त गर्नको लागि कडा मेहनत वाहेक अर्काे कुनै उपाय छैन । यसर्थ, हामी जति धेरै मेहनत गर्दछौं त्यति नै धेरै भाग्यमानी बन्दछौं ।    


0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.