Poem about nepal mother land 2019

Poem about nepal mother land 2019

हाम्री नेपाल आमा


शिरमा हिराजस्तै टल्केको हिमाल हुँदा खुसी थिइन् हाम्री आमा
हिमालबाट झरेको छाँगो देख्न पाउँदा खुसी थिइन् हाम्री आमा
पाउमा हरियो वन हुँदा खुसी थिइन हाम्री आमा
यस्तो वन, छाँगोमा रमाउन पाउन खुसी हुन्थिन हाम्री आमा

कति खुसी लाग्थ्यो हरियो वन र शान्ति देख्न पाउँदा हाम्री आमालाई
अचानक हल्लाइ दियो भुकम्पले हाम्री आमालाई
के भयो भनि एकछिन सोचिरहिन हाम्री आमा
परिदियो छियाछिया भुकम्पले हाम्री आमाको मनमा ।।

आज हाम्री आमा विपत्तिमा रोइरहेकी छिन्
ऐया ऐया भनि हाम्री आमा बिस्तारै ढलिरहेकी छिन
कस्तो विपत्ति हो हाम्री आमालाई बिस्तारै रुवाउने
प्रकृतिले कस्तो खेल खेल्यौ हाम्री आमाको मन टुक्रयाउने ।।

चिन्ता थियो हाम्री आमालाई आफ्ना सन्तानहरुको
प्राकृतिक विपत्तिमा परि कति मरे थाहा भएन उनको
हाम्री आमाको खुसी मनलाई दुखी पारिदियो विपत्तिले
आफ्ना सन्तानलाई घर विहीन बनाइदियो प्रकृति विपत्तिले ।।

बाढी पसहरो जान्छ हाम्री आमाकै बस्तीमा
सन्तानको तहसनहन बनाइदियो यही बस्तीमा
क्ति सन्तान त आमा आमा भनि गुहारी रहे
क्ति सन्तान त पानी भन्दै मरेर गए ।।

झन झन हाम्री आमा बिपत्तिमा पर्दै गइन
भुकम्प आयो बिचल्ली बनाइदियो
कति सन्तानको त परिवार नै रहेन
कति सन्तानको त बस्ने घर नै रहेन ।।

नाकाबन्दी भयो हाम्रस् आमाको सन्तानको घरमा चुलो बलेन
नाकाबन्दी भयो हाम्री आमाको भित्ताको घडी चलेन
हाम्री आमाले कति दुःख पोखिन उनैले बुझ्न सकिनन्
हाम्री आमाले बति माया गरिन कसैले वास्त गरेन ।।

यस्तो विपत्तिमा हाम्री आमाले विकल्पको निर्माण गरि
यो विकल्पलाई कति सन्तानले आन्दोलन गरि कति सन्तानले स्वीकार
कति मित्र राष्ट्रहरुले त विकल्पाई वेवास्ता गरे
कति मित्र राष्ट्रहरुले त यो विकल्पलाई स्वागत गरे ।।

हाम्री आमाको छियाछिया परेको मनलाई निको पार्न नसक्ने
धिक्कार छ कस्तो नेपाल आमाको सन्नतान रहेछौं हामी
आमाको घाउलाई निको पार्न अनुदान आएका छन्
त्यही अनुदानलाई आफनै सन्तानको भ्रष्टाचार गरेका छन् ।

ह्ेर दाजु भाइ दिदी बहिनी हातमा हात मिलाऊ
ऐया ऐया भनि ढलेको आमालाई हामी मिलि उठाउ
गर्व छ हामी नेपाल आमाको सन्तान होउ
हामी मिलि नै हाम्री आमालाई खुसी बनाउ ।।

आउ दाजु भाइहरु हम्री आमालाई पहिलो जस्तो बनाऊ
विपत्तिमा परेको हाम्री आमालाई विस्तारै जगाऊ ।
हेरा दाजु भाईहरु हाम्री आमालाई सिंसार पटार गरौं
हाम्री आमाको ओठमा विस्तारै मुस्कान जगाउँ ।। 


Related Posts : To Visit More Press Click Here!
4 Nepali Muktak 2019 Click Here.
4 Nepali Kavita 2019 Click Here.
Poem About My Dad 2019 Click Here.
Poem About Mercy 2019 Click Here.
Poem About Lovely Mother 2019 Click Here.
Poem About Now a Days Guys 2019 Click Here.
Poem About You/Your's 2019 Click Here.
Poem About Our Government 2019 Click Here.
Poem About Can't Forget 2019 Click Here.
Poem About Sometimes 2019 Click Here.
Poem About Drug 2019 Click Here.
Poem About What a Strange World 2019 ? Click Here.
Poem About Best are Always Besties 2019 Click Here.
Nepali poem about life 2019 Click Here.
Poem About Country of Nepal Click Here.

0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.