मुक्तक
भौतिक शरीर अरु कसैको तर सास कमलको
बाढुन् धर्ती दुनियाँले तर आकाशको कमलको
धनी होइन गरिबलाई माया गर्ने बानी मेरो
पिल्सिएका ती दुनियाँको दास कमल हो
भौतिक शरीर अरु कसैको तर सास कमलको ।।
सोधेमा बिर्सी जानेले नाम ठेगाना भनी दिनु
हल खबर सोधे भने सञ्चै राम राम भनि दिनु
बेखबर छु म आफै कस्तो खबर के पठाउँ ?
बाटो काटेर जानेलाई मेरो सलाम भनी दिनु ।।
Post a Comment
Please do not enter any spam link in the comment box.