4 Best Nepali Gajal 2019

१. गजल


तिमी पराइ भए पछि चुरोट रक्सी साथी भयो
मेरो लागि माया भन्नु धर्ति भन्दा माथि भयो
छैन तिमीलाई कुनै दोष मेरो विश्वास घात भयो 
तिम्रो यादमा कल्पि बस्दा अनायसै राति भयो
मैले धोका खादा सानु संसारलाई नै जाति भयो ।।


२. गजल


चोखो माया गर्दा पनि धोका पाएर पो लेखे
विश्वासघाती ानयनलाई सम्झेर पो लेखें ।।

मनको दुरी बजाएर प्रेमको बोटमा नै भाउ दियौ
पागल प्रेमीको नाउँ मैले पाएर पो लेखें ।।

काँडा बिचको गुलाब बनी माया तिमीलाई दिदा पनि
तिखा तिम्रा वचनले मन रोएर पो लेखें ।।

आस्था अनि विश्वासलाई भत्काइ माया अन्तै सारी दियौ
समाजको अगाडी आफ्नो अस्तित्व गुमेर पो लेखें ।।

आशाको लहरलाई तोडि दिइ दुनियाँलाई हँसाएछौं
विश्वासघाती चोट नपुरिने पिरतीको घाउ पाएर पो लेखें ।।

पहिलो प्रेम भुल्न नसकिदो रैछ भन्ने प्रष्ट लाग्छ
अतितका कुरा झलझली सम्झेर पो लेखें ।


३. गजल


छली ढाटी आफन्तैले लडाउछन यहाँ
फेद काट्न टुप्पो माथी चढाउछन यहाँ 

मानिसको हासो भित्र लोभ लाग्दो कुरा
हृदयमा वोक्छन सधै धार लाएर छुरा

काम छैन कुरा मात्रै पठाउँछन यहाँ
छली ढाटी आफन्तैले लडाउछन यहाँ
अफ्ठयारोमा हात लिई वोकी दिन सक्छन 
अफ्ठयारेमा छिर्के लगाई टोकिदिन सक्छन ।

ठूलो बनाई आकासमा चढाउछन यहाँ
छली ढाटी आफन्तैले लडाउछन यहाँ

सम्पती र सुख हुदाँ सबै हुन्छन साथ
विपत्ती जताततै खाली हुन्छ हात 

देखावटी माया चाहि बढाउछन यहाँ
छली ढाटी आफन्तैले लडाउछन यहाँ 

४. गजल


नेता धेरै आए यहाँ केही गर्छु भनि
जनता अनि देशका लागि पीर आए मर्छु भनि ।
खोइत के गर्यौ नेता देश अनि जनतालाई
आफू बाच्यौं जनता मार्यौं आन्दोलनमा उक्साई ।।

नेता लाटा भनौं जनता अनि देशलाई भुटे
बाँकी केही छैन यहाँ लुटनुसम्म देशलाई लुटे ।
जनतालाई के भनौ खै सधै सोझासाझा
यिनै नेताले गर्दा आज भाइभाइ फुटे ।

आज सोध्न मन लाग्यो शान्तिका दूत बुद्ध कहाँ छौ ?
तिम्रै अभाव मा छ देश ।
जालि अनि फाटाहाहरुको दबावमा छ देश 
कसलाई के थाहा दिन २ दुणा रात ४ गुणा खराबमा देश ।।

देशका युवा विदेश गाछन धन कमाउने आसमा
मर्दा पर्दा कोही छैन बाउ आमाको पासमा ।
भाका बुढा सांसद भाछन् घर ढकाउने आसमा
कति बसौं जनता हामी राम्रो संविधानको पाउने आसमा ।।

Related Posts:To Visit More Press Click Here! 

Best 2 Ghazal 2019 Click Here.
  Nepali gajal 2019 Click Here.
 5 best nepali gajal 2019 Click Here.
Nepali gajal about government 2019 Click Here.

0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.