Nepali Gajal about Government 2019


गजल

हे साथी हो अब उठ जुर्मुराउने बेला आए जस्तो छ

देशमा त हेर्दाहेर्दै संकटकाल लाए जस्तो छ ।

संविधान लेख्ने हातले टेबल कुर्सी तोडन थाले 

नेता राचि लानुपर्यो बुुद्धि सबै खाए जस्तो छ ।।

संविधन लेख्नेहरु मुखामुख गर्न थाले

कोही सहमति त कोही प्रक्रिया भनी लड्न थाले ।

न हुन्छ सहमति न त बन्छ संविधान

आफ्नै बाउको विरता सम्झी नेता अघि बढन थाले ।।

यिनै नेता खुल्ला मञ्चमा एक अर्कालाई गाली गर्छन

जनता उस्तै यिनकै पछि ताली भर्छन ।

दिउँसो गाली गर्नेहरु साँझमा संगै पार्टी गर्छन्

यिनै नेताको पछि लाग्दा आन्दोलनमा जनता मर्छन् ।।


Related Posts:To Visit More Press Click Here! 

Best 2 Ghazal 2019 Click Here.
  Nepali gajal 2019 Click Here.
 4 best nepali gajal 2019 Click Here.
5 best nepali gajal 2019 Click Here.


0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.