Best 2 Ghazal 2019

गजल


रेटिन्छन्  हजार सपना जीवनलाई धार मान्नुहुन्न ।
निभाउनु पर्छ जिम्मेवारी कहिल्यै भार मान्नुहुन्न ।।

जिन्दगीको यात्रामा पाइला पाइलामा ठेस लाग्छ ।
बढनु पर्छ निरन्तर अघि कहिल्यै हार मान्नुहुन्न ।।

ईश्वरको मन्दिरमा अवेर होला अधुरो हुने छैन ।
प्रिक्षा चल्दै गर्छ पुग्नु पर्छ दिक्दार मान्नुहुन्न ।।

चक्र झै घुम्छ जीवन दुःख पछि सुख आउँछ ।
कर्म गर्नु सही अभागी यो निधार मान्नुहुन्न ।।

स्वाभिमानी बन्नुपर्छ आफ्नै नजरमा नगिर्नु ।
पप, अधर्म, लुटलाई जिउने आधार मान्नुहुन्न ।।

खुट्टा तान्ने दुई चार गलत विचार भेटिए पनि ।
कोही हुन्छन् साथ दिने झुटो संसार मान्नुहुन्न ।।


गजल


मलामीको यात्रासंगै कात्रो ओडेर जादै छु म

नफर्कने गरी तिम्लाई छोडेर जाँदै छु म ।

प्रकृतिलाई फेरी हब चित्त बुझाइ बस्नु तिमी

जिन्दगीको बाटो अन्तै मोडेर जादै छु म ।।

टाढा बस्दा तिमीसंग मुटु साह्रै दुख्छ सानु
छटपटीमा देख्न पाउँदा पीडा सबै लुक्छ सानु ।
जस्तो पर्ला त्यस्तै टर्ला भगाई लाने थिएँ बरु
कुरा काट्ने समाजमा आफ्नै शिर झुक्छ सानु ।।

तिम्रो यादको छटपटीमा धेरै भयो जलेको छु
पागल प्रेमी दुनियमा बेहोसी भइ ढलेको छु ।
तिमी बाहेक मेरो लागि जिउने कुनै आधार छैन
रात भरि आसु बगाई आफै भित्र गलेको छु ।।

Related Posts:-To Visit More Press Click Here! 

Nepali gajal 2019 Click Here.
 4 best nepali gajal 2019 Click Here.
 5 best nepali gajal 2019 Click Here.
Nepali gajal about government 2019 Click Here.







0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.