5 Best Nepali Gajal 2019

1. गजल

उडायो पछयौरी समीरले छोप्न सकिएन ।
पवन सरी उत्ताउलो हुन सकिएन ।
रङ्ग फेर्ने मौसमको देखिासिकी गरी 
थरीथरी रुप आफ्नो बनाउन सकिएन ।।
जिन्दगीमा धुने कुरा कति धोए कति
कलेजीको सानो दाग धुन सकिएन ।
बालुवाको कणसरी खेर जाने हो कि
यति कुरा सम्झी सम्झी रुन सकिएन ।
निर्मोहीको मुटुभित्र कतै शंका छ कि
बाहिरबाट नियालेर बुझ्न सकिएन ।।
गन्तव्यको मार्गतर्फ जाने आशा राखी
पदहरुलाई चाल्दा चाल्दौ पुग्न सकिएन ।
यथार्थका सबै अंग कोट्याउन खोजी
तर पनि प्रकृतिमा जुध्न सकिएन । 



2. गजल– मरिसकेको मन

फुल फुली म त ओइलिएर झरिसके ।
दुनियाको नजरदेखि आफै भित्र मरिसके ।।
तिम्लाई मैले साथ दिन्छु भन्दा ।
आफन्तले नै मलाई छोडिसके ।।
अब छोडिसकें अप्ठ्यारोमा साथ दिन तिमलाई ।
राम्रो बाटो खोज्न अब गन्तव्य आफै मोडिसकें ।।
ध्ेरै गाह्रो हुँदा रैछ एक्लो भइ जिउन जीवन
जिन्दगी आफैलाई भारी ठानी अन्तै बसाई सरिसकें ।।
अब जीवन मर्नु बाँच्नर छैन कुनै ठेगाना
दोबाटोको किनारहरु आफै म तरिसकै ।।
अरुको जीवनलाई हरियाली छाउँछु भन्दा
दुनियाँको नजरदेखि आफै भित्र मरिसके ।।


3. गजल 

मन्त्र जस्तै कसैको जप्ने कुरा होइन देश 
नारा भाषणमा सस्तै बक्ने कुरा होइन देश ।

देश दुख्छ मानवता विक्षिप्त हुँदा खेरी
मन दुखाइ अन्याय खप्ने कुरा होइन देश ।

देश भावना हो, आस्थाको सगरमाथा जस्तै 
माटो मन हो, स्वतन्त्र हडप्ने कुरा हौइन देश ।

निजी हुदैन माटो पानीको मोलमोलाई हुदैन 
मान्छेले जितेर जित्न सक्ने कुरा होइन देश ।

माया त हुनुपर्छ नै जननी जस्तै हो माटो
मान्छे इच्छा आफैले रच्ने कुरा होइन देश ।

जीवन हाँस्दा देश हाँस्छ माटो मुस्कुराउँदा
मानिसको मनमा रोदन थप्ने कुरा होइन देश ।




4. गजल

तिमी हिड्ने बाटोमा आजीवन काँडा बन्दिन म
लठ्ठा साथ दिउँला तर खाडल चाहि खन्दिन म
निरन्तर माया गरिरहन्छु म जति पर भए पनि
म त तिम्रै वरिपरि छु तिमी जति टाढा गए पनि ।।

मलाई माया गर या नगर गुनासो केही रहन्न
खन्याउँला म आफ्नै प्रेम नापतौल भने गर्दिन म ।
जत्रो सुकै भिडभाडमा एउटालाई म छान्नै परे 
पहिल्याउँछु सुवास तिम्रो अरु कोही चुन्दिन म ।।

तिमी हिड्ने बाटोमा आजीवन काँडा बन्दिन म
लठ्ठा साथ दिउँला तर खाडल चाहि खन्दिन म ।
माया गर्छौं माया देउ र ज्यान लिन्छयौ
ज्यान लेउ तर मर्न डर मान्दिन म ।।



5. गजल

अब घाम लाग्दैन रे बादलले भन्दै थियो ।
म त फुल्छु झर्छु फूलको आँचले भन्दै थियो ।

आँखा चिम्ले पनि रुप देखिन्छ रे यो औनामा
तिही औनाले थोका दियो पागलले भन्दै थियो
म त फुल्छु झर्छु फूलको आँचले भन्दै थियो ।।

तिम्रो गीतमा सयौं पटक सङगीत भई बडो हुँला
इमानको खरी झर्यो मादलले भन्दै थियो
म त फुल्छु झर्छु फूलको आँचले भन्दै थियो ।।

सुन्दरता किन रोधै शितलता रोजे हुन्
म त तिमीलाई मनले माया गर्छु मनले भन्दै थियो
म त फुल्छु झर्छु फूलको आँचले भन्दै थियो ।।


Related Posts:To Visit More Press Click Here! 

Best 2 Ghazal 2019 Click Here.
  Nepali gajal 2019 Click Here.
 4 best nepali gajal 2019 Click Here.
Nepali gajal about government 2019 Click Here.

0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.