Nepali Gajal 2019

गजल

हजारै मानिसको भीडमा निर्जन छन् सहरहरु
खडेरीमा पर्न सफल भएका छन् रहरहरु

बिछयौनामा रातैभरि कोल्टे फेरिरहँदा
दिवास्वप्नले भरिएका छन् रातका हरेक प्रहरहरु ।

मुटुभरि परि, व्यथा संगालो राख्नेहरुको
आखाबाट आसुका बगेका छन् खहरहरु ।

के हुन्छ भोलि भन्ने भविष्यको अन्यौलतामा छु
बुझ्ने प्रयास गर्दै छु म वर्तमानका ठहरहरु ।

नचाहेरै पनि गर्नुपर्ने काम कुनै
पासो बनी गल्याउछन बाध्यताका लहरहरु

सुन्दरतामा फक्रिन चाहँदा हजुर यहाँ म त
साघुँरिदै गा का रैछन सिचाँइका नहरहरु

असफलतामा बाँच्नुभन्दा मर्नु बरु वेस रैछ
कालविना त डेट एक्सपाएर हुँदा रैछन् जहरहरु ।

प्रकृतिको वर्णन

बिहानको मिर्मिरेमा जब सूर्य खेल्दै आउँछ 
गद्गद् हुन्छ म त्यो सुन्दर प्रकृति देख्न पाउदाँ ।
त्यो सुनौलो विहानीसंगै सेतो हिमाल मुस्कुराउँदा
कत्ति खुसी रैछ प्रकृतिमै रमाउँदा ।।
चिसो र स्वच्छ हावा जब म निर्धक्क फेर्दछु 
हरियाली वातावरण जताततै म हेर्दछु ।
कोइलीको आवाज सुनी म दङ्ग पर्दछु
तब कुनै स्वर्गमा आए जीतो महसुस म गर्दछु ।।
आफ्नै वेगमा बगरिहेको नदिको कति स्वच्छ पानी
म यही बस्न चाहान्छु प्रकृतिकै सन्तान बनि ।
प्रकृतिमा नै मेरो जीवन छ यही कुरा जानी
धन्य छ तिमीलाई सुन्दर प्रकृति रानी ।।


हरायो मानवता

भाइ भाइ बिच काटमार भमको खबर सुन्यौ यता
अशान्तिकै खबर आयो हरायो मानवता ।

नियमको पालना न त गर्दछ कोही
बसेकी छन् नेपाल आमा धुरु धुरु रोई ।
यस्तो स्थितिले हाम्रो देश जाने होला कता
अशान्तिकै खबर आयो हरायो मानवता ।

ठूला मान्छे भनाउँदालाई हुल कार्वाही छोडिन्छ पैसामा
न्याय खोज्दा पनि घुसखोरीकै आए जमाना अब त 
अशान्तिकै खबर मात्र सुनिन्छ हरायो मानवता ।

गरिब बिचरा अन्यायमै थिचिए न्याय नपाएर
निरपराधी गरिबका कुरा सितैमा सुनिन्छ र खै कता
अशान्तिकै खबर मात्र सुनिन्छ हरायो मानवता ।।

शिक्षित वर्ग नजाति त होला र परिवर्तन खै कसरी
जाग अब शिक्षित वर्ग अन्याय तिमीलाई स्वीकार्य छ त ?
अशान्तिकै खबर मात्र सुनिन्छ हरायो मानवता ।।

शान्ति सुरक्षासम्म छैन विकास देशमा
हटाउनु पर्छ अब हामी नकरात्मक सोचको खात
साच्चै तिमी मानव हौ भने सम्झ आफ्नो मानवता ........



प्रकृतिको उपहार

प्रकृतिले गर्दा हाृला हामी यहाँ भएको
यही प्रकृतिको उन्नति गर्न हामी यहाँ आएको ।
सबैलाई उपभोग गर्न दिएको छ निःशुल्क उपहार
सबै मिलिजुली गर्नुपर्छ यसको सहार

हराभरा वातावरण चरी उड्छन् भुरभुर
यही प्रकृतिमाथि मानिस कति गर्छन् दुरदुर
दिएको छ चिज वीज कति थरि थरि
प्रयोग गर्ने कसरी हो थाहा छैन रतिभरि

मानिसलाई बाँच्न सिकाएको छ प्रकृतिले
मान सम्मान गर्न सिकाएको छ संस्कृतिले
प्रकृति नै गुरु हाम्रो प्रकृति नै साथी
प्रकृतिलाई पढ्यौ भने पुक्ष्छौ माथि माथि  

किन जान्छौ विदेश ?

न विरामी हुँदा आमाको काख पाउँछौं
न समस्या पर्दा बाबाको साथ पाउँछौं 
न दुःख पर्दा दाजुको हात पाउँछौं 
न ठेस लाग्दा भाईको काँध पाउँछौं 
न आँसु पुछने दिदीको खास्टो पाउँछौं 
न थकान बिर्सीने बहिनीको माया पाउँछौं 
केवल हडडी पसिना खियाएर पछि
आफन्तसंग टाढिएर, सारा खुसी गुमाउछौ
अलिकति धन पाउँछौ ।  


बाँच्न सिक

बाटो कठिन छ जिन्दगीको
तैपनि डटेर हिड्न सिक ।।

संसारमा धेरै मानिस भेटिएपनि
सहि र गलत छुट्टयाउन सिक ।।

स्वार्थी मानिस भेटिएलान्
सतर्क भएर हिडन सिक ।।

कसैले रुवाउन खोजे पनि
आजीवन हाँसेर हिडन सिक ।

संसारै लोभी भएपनि
मानवतालाई हाक्न सिक ।।

एकदिन दिन सबै मर्ने पर्छ
किर्ती राखी बाच्न सिक ।।


 
Related Posts:To Visit More Press Click Here! 

Best 2 Ghazal 2019 Click Here.
 4 best nepali gajal 2019 Click Here.
 5 best nepali gajal 2019 Click Here.
Nepali gajal about government 2019 Click Here.

0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.