विद्या नै सर्वश्रेष्ठ धन हो
वैदिक हिन्दू धर्मशास्त्रहरुमा मनुष्यको आयुलाई सय वर्ष मानिएको छ । जीवेम् शरद ः शतम् ३६।२४ शुक्ल यजुर्वेद । यस वर्षको आयुलाई हाम्रा प्राचीन महर्षि ऋषिमुनिहरुले चार भागमा विभक्त गरेका छन् । २५ पर्षसम्म बह्मचर्याश्रम, ५० वर्षको उमेरसम्म गृहस्थाश्रम, ७५ वर्षको उमेरसम्म वानप्रस्थाश्रम र १०० वर्षको उमेरसम्म सन्यासाश्रम । अतः विद्याध्यनको उपयुक्त समय ब्रह्मचार्यश्रम हो । प्राचीन कालमा विद्यार्थीहरु गरुकुलमा निवास गरेर विद्या अध्ययनमा साथै गुरुहरुको सेवा गर्दथे । भगवान श्रीराम पनि विद्याध्ययन गर्न ऋषि वशिष्ठको आश्रममा जानु भएको थियो । यसैगरी भगवान् श्रीकृष्णले पनि सान्दिपनिको आश्रममा बसेर विद्याध्ययन गर्नु भएको थियो ।
“तमसो मा ज्योतिर्गमय”– कृष्ण यजुर्वेद । विद्या मनुष्यको सर्वश्रेष्ठ धन हो अतः विद्याध्ययनको लागि अनेक कष्टहरुको सामना गर्नुपर्दछ । अनि मात्र विद्या प्राप्त हुन सक्दछ । विद्या प्राप्त गर्नको निमित्त विद्यार्थीमा पाँच गुण हुन अत्यावश्यक हुन्छ । कागको चेष्टा, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा एंव अल्पाहर र घरदेखि टाढा रहेर मात्र विद्याध्यायन गर्न सकिन्छ ।
काग चेष्टा, बको ध्यानम्
श्वान निद्रा तथैव च ।
अल्पाहारी पञ्च लक्षणम् ।। “नीतिशतक”
विद्या यस्तो धन हो जसलाई चोरले हरण गर्ने त कुरै छैन, यसलाई राजाले पनि केही दखल दिन सक्दैन्न् । न यो भाइ–भाइमा भाग लाग्दछ, न त यो बोक्नलाई भार हुन्छ र सबभन्दा महत्त्वपूर्ण कुरा त जति खर्च गरेपनि झन धेरै बढ्दै जान्छ । अतः विद्यारुपी धनलाई सर्वश्रेष्ठ धन मानिएको हो ।
“न चौर हार्य न च राज हार्य,
न भातृभाज्य न च भारकारि ।
व्ययेकृते वर्धत एंव नित्यं
विद्याधन सर्वधनप्रधानम् ।।”
विद्याले मनुष्यलाई नम्रता प्रदान गर्दछ, मनुष्य नम्रताले असलपात्र बन्दछ, जब सत्पात्र हुन्छ अनि मात्र धनप्राप्त हुन्छ । धनबाट नै धर्मले मनुष्यलाई सुख प्राप्त हुन्छ ।
“विद्या ददाति विनयं विनयात् याति पात्रताम् ।
पात्रत्वात् धनमाप्नोति धनाद धर्म ततः सुखम्” ।।
यदि मनुष्य सानो कुलमा उत्पन्न भएपनि विद्याले अलंकृत छ भने उसको पूजा हुन्छ, सत्कार र आदर सम्मान गरिन्छ ।
“यस्य कास्य प्रसताक्पि गुणवान् पूज्यते नर”
विद्या मानवजीवनको मणि हो, विद्या बिना मनुष्य पशु तुल्य हन्छ । विद्याको विषयमा भगवान श्री कृष्णले गीतामा अर्जुलाई उपदेश दिँदै भन्नुभएको छ–– “नहि ज्ञानेन सदृशं पवित्र मिह विद्यते” अर्थात् द्दान अथवा विद्या समान सुांरमा केही वस्तु पनि छैन्न् । “स्वदेशे पुज्यते राजाः विद्वान् सर्वत्र पूज्यते” यसरी राजाले आफनो देशमा मात्र सम्मान प्राप्त गर्न सक्छन् भने विद्या हासिल गरेको विद्वान् मनुष्यले सारा संसारमा सम्मान आदर सत्कार पाउँछ ।
अन्तमा मनुका भनाई छ– “स्वं स्वं चरित्र शिक्षरत् पृथिव्या सर्व मानवा”
यस श्लोक अनुसार राम्रो चरित्र निर्माण गर्नु साथै सुख, शान्ति एंव समसामयिक शिक्षाको प्रचार गर्नु नै देश राष्ट्र तथा प्रत्येक मनुष्यको कर्तव्य हुन आउँछ ।
Related Posts:To Visit More Press Click Here!
1. Why Child Hate School 2019-20 ? Click Here.
2. Trading Mechanism of Securities in Nepal 2019 Click Here.
3. SMS of Death Could Crash Many Mobile Phones Click Here.
4. People Want Peace But Are Violent 2019 Click Here.
5. Attaining Meaning of Literary Text 2019 Click Here.
6. Introduction To Postcolonial Literature 2019 Click Here.
7. School is Bad For Children 2019 Click Here.
8. How Do Animals Release Their Tension 2019 Click Here.
9. After Death Under Articles 2019 Click Here.
10. After Factor Affecting Development of Society 2019 Click Here.
11. About The Interpretational Problem Click Here.
12. Live Your Life 2019 Click Here.
13. Use of Modern Educational Technology. Click Here.
14. Our Past Just Imagine 2019 Click Here.
Post a Comment
Please do not enter any spam link in the comment box.