4 Nepali Kabita 2019

4 Nepali Kabita 2019


1.आजकाल




आजकाल
हरेक विहान मेरो वजन घटे जस्तो लाग्छ 
सबैतिर हेर्छु । 
गन्दै जान्छु, यी घाउहरु 
जुन मेरै छिमेकिले म माथि प्रहार गरेका छन् । 


आजकाल 
हरेक साझ बलात्कृत मेरी छोरीको 
दबिएको र चिरिएको आवाज सुन्छु । 
हरेक दिन विदेशिएको मेरो, 
छोरोको लास आउँछ । 


आजकाल 
हरेक मेरा आकाशमा 
कालो बादल मँडारिएको छ । 
हरेक क्षण, 
म सगरमाथाको शिखरबाट 
परेवा उडाउन खोज्छु । 
तर, बाजहरु आएर 
त्यो मेरो सुन्दर सेतो 
परेवा खाइदिन्छन । 


आजकाल 
हरेक विश्वलाई म 
बुद्धको ज्योतिले बेर्न खोज्छु । 
तर ज्योति बोक्ने मेरो सन्तानले 
ममाथि छुरा हान्छन् । 


2.जातिय विभेद 


जस्तै हुन्छ फूलवारीमा सयौं थरी फूल 
सुन्दरतामा बाधा पर्छ टिपी गरे भूल 
नेपाल पनि फूलवारी हो नेपाली हुन फूल 
सयौं थरी जातजातीका आफ्नै मान्य मूल । 



तर मान्छे गर्न थाले जातजातीमा तर्क 
विशाल यो फूलवारीलाई बनाउन नर्क 
कमजोरलाई हेप्छन् मान्छे सानो जात भनि 
मानवताको साँध नाध्छन् शोषण गर्दा पनि । 


तर मान्छे एउटै हुन गर्न हुन्न भिन्न 
देश खण्ड हुनसक्छ, हुनसक्छ छिन्न 
बुझनुपर्छ हाम्ले सबको रगत हुन्छ रातो 
तोडी यस विकृतिलाई फेरौं देशको पाटो ।। 



3.नेपाली हुनाको गैरव


लाग्छ गैरव नेपाली भाई, यो देशमा बाँच्न पाउँदा
हाम्रो देश नेपालमा घुम्न भनि पाहुना आउँदा ।
विश्व सामु आफूलाई नेपाली हु भन्न पाउँदा
प्रकृतिको धनि देशमा नेपालको नाम आउँदा ।।



माथितिर हिमाल सेतै, तल उब्जाई भूमि तराई
सबै हौं बराबरी कोही छैन अर्काे पराई ।
बुद्ध भूमि लुम्बिनीमा पर्यटक भई घुम्न जाँदा
सगरमाथा चुचुरोमा आफ्नो देशको झण्डा लाँदा ।।



उत्तरबाट कलकल झर्ने लाखौलाख नदिनाला
तराइको जमिनमा अन्नका झुल्दा बाला ।
सहयोगी, इमानदारी चिनाउदा विरको नाउँमा 
स्वदेशकै माटो पाउँ जिवनभरी आफ्नो पाउँमा ।।


ऋतिथि देवो भव भन्दै, पर्यटकलाई स्वागत गर्ने
ठाडो भाको यो शिर अब छैन कहिल्यै तल झर्ने 
त्यसैले त गैरव गर्छु नेपाली हुँ भन्न पाउँदा
स्वाभिमानी अनि सचेत नागरिक बन्न पाउँदा ।।



4.मन



आफ्नौ आँशु भेल भनी बगाउँदो रहेछ ।
मनको ताप ज्वाला बनी जलाउँदो रहेछ ।
फूल पनि काँडा बनि बिझाउँदो रहेछ ।
देवता भनि पूजा गरे पत्थर पो रहेछ ।
मुत्यु पनि यहाँ कहिले साथी हुँदो रहेछ ।
चङ्गा सहारा हुँदाहुँदै बतासिदो रहेछ ।
आँखामा सजाएका ती सपना
सिसा जस्तै यो आत्मा चकनाचुर भै टुक्रे हुन्थ्यो 
कपासको भुवा जस्तै यो चाहना हुरीसंगै उडे हुन्थ्यो 
आँखामा सजाएका ती सपना आँसु बनि बगे हुन्थ्यो ।




Related Posts : To Visit Click Here!

Poem About Drug 2019 Click Here.
Poem About My Dad 2019 Click Here.
Poem About Mercy 2019 Click Here.
Poem About Lovely Mother 2019 Click Here.
Poem About Now a Days Guys 2019 Click Here.
Poem About You/Your's 2019 Click Here.
Poem About Our Government 2019 Click Here.
Poem About Can't Forget 2019 Click Here.
Poem About Sometimes 2019 Click Here.




0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.