Poem About Mercy 2019



(Mercy)bof


विषमताले घेरिएको
अस्तित्व संकटमा परेको
मानवता हराएको
दानवताले प्रश्रय पाएको
मानवको पहिचान नै हराएको ।
आजको युगमा
आजको संसारमा
दयाको भीख माग्न
विचरा छ मानिस ।।
सत्य युग पार गरेको
जङगली युग र पौराणिक युग पार गर्दै
सारा सभ्यताका युगहरु छिचलेको मानवले
आज दयाको कुरो बिर्सेको छ
ऊ मानवतालाई बलिबेदीमा चढाउन तम्सेको छ ।
ए नरभक्षक मानव
मनवको अस्तित्वलाई
स्वीकार गरिस् भने
दयाको भीख माग्नेप्रति
दया देखाइनस भने
तेरो मात्र होइन
संसारबाट मानवता नै समाप्त हुने छ
दानवताले साम्राज्य जमाउने छ ।

Related Posts : To Visit More Press Click Here!

4 Nepali Kavita 2019 Click Here.
Poem About Drug 2019 Click Here.
Poem About My Dad 2019 Click Here.
Poem About Lovely Mother 2019 Click Here.
Poem About Now a Days Guys 2019 Click Here.
Poem About You/Your's 2019 Click Here.
Poem About Our Government 2019 Click Here.
Poem About Can't Forget 2019 Click Here.
Poem About Sometimes 2019 Click Here.

0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.